
दमौली – पृथ्वी राजामार्ग तनहुँको आँबुखैरेनीमा गाउँपालिका-४ बेनिटारवाट नियन्त्रित लागुऔषध सहित चितवनका एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-२ बस्ने २८ वर्षीय प्रविन कुमार गुरुङ रहेका छन् ।
पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलीले खण्डमा मुग्लिङ बाट आबुखैरेनी तर्फ आउदै गरेको ग.२.ख.३३३ नं. बसमा सवार रहेका प्रविनलाई लागुऔषध सहित नियन्त्रणमा लिएर प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए ।
सवारी साधनहरु जॉच गर्ने क्रममा लुकाई छिपाई ल्याएको अवस्थामा डाइजेपाम, फेनरागन र नुफिन बरामद भएको प्रहरीले जनाएको छ।