युवाहरूलाई धन्यवाद दिँदै युनुसले भने– अब बंगलादेश द्रुत गतिमा अगाडि बढ्छ

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं – बंगलादेशको अन्तरिम सरकारको प्रमुखको रूपमा कार्यभार सम्हाल्ने तयारीमा रहेका नोबेल पुरस्कार विजेता प्राडा मुहम्मद युनुसले नयाँ सरकारले बंगलादेशलाई द्रूत गतिमा अगाडि बढाउने कुरा सुनिश्चित गर्ने बताएका छन् ।

ढाका ट्रिब्युनका अनुसार बिहीबार हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा युनुसले आफूले शान्ति सुव्यवस्थालाई प्राथमिकतामा राखेको बताए ।

उनले ‘क्रान्ति’लाई सम्भव बनाएका युवाहरूको प्रशंसा गरे । युवाहरूले देशलाई पुनर्जन्म दिएको उनको भनाइ छ ।

“म देशवासीलाई ममाथि भरोसा गर्न, ममाथि विश्वास गर्न आग्रह गर्दछु,” उनले भने ।

उनलाई बिहीबार राति राष्ट्रपति मोहम्मद शाहबुद्दीनले शपथ ग्रहण गराउने छन् ।

विमानस्थलमा युनुसलाई आर्मी स्टाफ जनरल वाकर–उज–जमान, एयर चिफ मा‍र्सल हसन महमुद खान र नौसेना प्रमुख एडमिरल एम नजमुल हसनले स्वागत गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्