कोशी प्रदेशमा भोलि सार्वजनिक बिदा

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

विराटनगर – कोशी प्रदेश सरकारले भोलि (शुक्रबार) प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।

दिवस मनाउन प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्