
दमौली – गृहमन्त्रालयले गरेको जिल्ला प्रशासन कार्यालयहरुको कार्यसम्पादन मुल्यांकनमा तनहुँ ५६ औं स्थानमा परेको छ । मन्त्रालयले एक वर्षभरी भएका कार्य सम्पादनहरुको त्रैमासिक स्तरमा मुल्यांकन गरेको थियो ।
शान्ति सुरक्षा, सुशासन, विपद व्यवस्थापन, सेवा प्रवाह, आर्थिक अनुशसान लगायतको विषयमा गृह मन्त्रालयले मुल्यांकन गर्छ ।
देशका ७७ जिल्ला प्रशासन कार्यालय मध्ये तनहुँ प्रशासनले कुल एक सय पुर्णाङ्कमा ९०.५६ अंक प्राप्त गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय तनहुँले पहिलो त्रैमासिकमा २७.५६, दोश्रो त्रैमासिकमा १६.४३, तेश्रो त्रैमासिकमा १४.५ र चौंथो त्रैमासिकमा ३२.०६ अंक प्राप्त गरेको थियो ।
गृह सचिव र प्रमुख जिल्ला अधिकारी विच कार्यसम्पादन सम्झौता भई सोही अनुसार मन्त्रालयले कार्यसम्पादन मुल्यांकन गर्ने गर्छ । कार्यसम्पादन मुल्यांकनमा रुपन्देही पहिलो र धनुषा सबैभन्दा अन्तिम भएको छ ।