काभा वुमन्स लिगको उपाधि भारतलाई

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं – काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतले जितेको छ ।

नेपाललाई तीन, दुई सेटले पराजित गर्दै भारतले उपाधि जितेको हो ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालले २५–२३ ले जितेको थियो । दोस्रो सेट भारतले २५–१४ ले जित्यो ।

तेस्रो सेट नेपालले २५–२२ अंकले आफ्नो पक्षमा पार्दा चौथो सेट भारतले २५–२१ ले जित्यो ।

पाँचौ सेट भारतले नेपाललाई १५–५ ले जितेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्