सांसद दीपक सिंहद्वारा एक वर्षको तलब आँखा अस्पताललाई सहयोग

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

हेटौंडा – मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक बहादुर सिंहले आफ्नो एक वर्षको तलब हेटौंडामा रहेको सामुदायिक आँखा अस्पताललाई हस्तान्तरण गरेका छन् ।

निर्वाचनको समयमा आफू निर्वाचित भए सरकार प्राप्त गर्ने सेवासुविधा समुदायको हितमा खर्च गर्ने घोषणा गरे अनुसार सिंहले एक वर्षको तलब बापत ६ लाख १२ हजार र त्यसमा ३ लाख ८७ हजार थप गरि ९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ आँखा अस्पताललाई हस्तान्तरण गरेका हुन ।

पुर्वाधार विकास समिति सभापति समेत रहेका सिंहले नेपालका चर्चित तथा सफल नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई हस्तान्तरण गर्दै जनतासङ्ग गरेको बाचा पूरा गर्न पाँउदा निकै खुसि लागेको बताए ।

जनताले आफूलाई सम्मान दिएर निर्वाचित गराएको बताउँदै सिंहले आफू पनि जिल्लाको विकास र समृद्धिको लागि सधै लागि पर्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्