
दमाैली – तनहुँको व्यास नगरपालिकाले साउन २५ गते सार्वजनिक बिदा दिइएकाे छ । विश्व आदिवासी जनजाति दिवसका अवसरमा साउन २५ गते नगरपालिकामा सार्वजनिक बिदा दिइएकाे नगरपालिकाले जनाएको छ।
नगरप्रमुख वैकुण्ठ न्याैपानेकाे अध्यक्षतामा मङ्गलबार बसेकाे कार्यपालिका बैठकले उक्त दिन बिदा दिने निर्णय गरेकाेवडाध्यक्ष एवं प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।
नगरपालिकाले गत वर्षकाे विश्व आदिवासी जनजाति दिवसका अवसरमा समेत सार्वजनिक बिदा दिएकाे थियाे ।