
पोखराबाट जुवा खेल्दै गरेको अवस्थामा मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष पक्राउ परेका खुलेको छ। पोखरा महानगरपालिका– सिर्जनाचोक स्थित होटल लक्ष्मीमा जुवा खेलिरहेको अवस्थामा गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जनालाई बिहीबार वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो।बैदामका डीएसपी वेदप्रकाश जोशीका अनुसार पक्राउ परेका अध्यक्ष लालचनले सुरुमा आफ्नो नाम प्रहरीसँग मोहन थकाली भनेर झुक्काएको खुलेको छ ।
गाउँपालिका अध्यक्ष पक्राउ परेको जुवाखालबाट प्रहरीले ४ लाख ४७ हजार ८० रुपैयाँ बरामद गरेको छ।लालचनलाई छुटाउन कास्की कांग्रेस नेताहरु, गण्डकीका पूर्व मन्त्रीहरु र कांग्रेसका नेताहरु जुटेर दबाब दिइरहेको प्रहरी स्रोतले उल्लेख गरेको छ।