आज राति नेपाल टेलिकमको सेवा आंशिक बन्द हुने

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौँ – आज राति नेपाल टेलिकमको सेवा आंशिक रूपमा प्रभावित हुने भएको छ । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार बिहीबार राति ११ बजेदेखि चार घण्टाका लागि टेलिकमको सेवा आंशिक रूपमा बन्द हुने भएको हो ।

उनका अनुसार उक्त समयमा रिचार्ज र डाटा प्याकेज अवरुद्ध हुनेछ ।  कम्पनीले बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा ती सेवा अवरुद्ध गर्नुपर्ने भएको जनाएको छ । तर उक्त समयमा मोबाइल भ्वाइस, डाटा एसएमएस, तथा पीएसटीएन, एफटीटीएच, आइपीटीभी सेवा यथावत सञ्चालन हुने टेलिकमले जारी गरेको सूचनामा भनिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्