तनहुँमा एक वर्षमा सात सय ७१ उद्योग दर्ता

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली – आर्थिक वर्ष २०८०–८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता भएका हुन् । सोही आवमा एक हजार एक सय ३७ उद्योग नवीकरण भएका छन् ।

उक्त कार्यालय प्रमुख दुर्गाराज सुवेदीका अनुसार सोही आवमा दुई सय ६२ उद्योग बन्द भएका छन् । त्यस अवधिमा वाणिज्यतर्फ आठ सय १७ नवीकरण र दुई सय ७० फार्म बन्द भएका हुन् ।

आव २०७९–८० मा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका थिए ।  सो अवधिमा रु ६६ लाख चार हजार एक सय ६५ राजस्व सङ्कलन भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्