
अबिरल वर्षाका कारण आएको बाढी र पहिरोले सिन्धुपाल्चोक जिल्लामा भौतिक क्षति पुर्याएको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–४ ग्याल्थुमस्थित सरस्वती माविको चर्पि बगाएको छ भने विद्यालय र वरपरका केही घरहरु उच्च जोखिममा परेका छन् । विद्यालय जोखिममा परेकाले आज पढाइ बन्द गरिएको प्रधानाध्यापक कुमार घोरासैनीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी इन्सपेक्टर सन्जिव यादवले बाढी–पहिरोले विद्यालय र विद्यालय नजिक रहेका ४\५ वटा घर उच्च जोखिममा रहेको र जोखिममा परेका विद्यालयका फर्निचर, घरका सामान र मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जानकारी दिएका छन्।
हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लामिछानेले वर्षा नरोकिएकाले विद्यालय मात्र नभई ग्याल्थुम बजार नै जोखिममा परेको बताइन् ।