
दमाैली – तनहुँको भानु नगरपालिका-१ स्थित भन्सारमा १७ औं भानु कप फुटबल प्रतियोगिता साउन १९ गतेदेखि हुने भएको छ ।
भानु नगरपालिका–१ मा रहेको भन्सार युवा परिवारले ९ साइड फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । सिजन युवा क्लब, चण्डि युवा क्लब र भिमसेन युवा क्लब सहआयोजनाको रूपमा रहेको छ।
भानु नगरपालिकाका -१ स्थित क्षेत्रीय रङ्गशाला खेलमैदानमा साउन १९ गतेदेखि प्रतियोगिता सञ्चालन गर्न लागिएको शनिवार आयोजित पत्रकार सम्मेलनमा मूल संयोजक विष्णु बहादुर अधिकारीले जानकारी दिए।
प्रतियोगितामा विजेताले नगद दुई लाख ५० हजार २ सय ११ र उपविजेताले १ लाख २५ हजार २ सय ११ पुरस्कार प्राप्त गर्नेछन् ।त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता र म्यान अफ दि म्याच ७० हजार पुरस्कार प्रदान गरिने आर्थिक संयोजक सोम तामाङले जानकारी दिए।
क्लवका अनुसार प्रतियोगिताका लागि टिम दर्ता शुल्क दश हजार रुपैयाँ राखिएको छ । प्रतियोगितामा तनहुँ अतिरिक्त नेपाल भरिका २४ टिमको सहभागी हुने जनाएको छ ।
साउन २६ गते सम्म हुने प्रतियोगितामा छेलो र बाघचाल प्रतियोगिता पनि आयोजना गरिनेछ । छेलो र बाघचालको विजेताले ६ हजार २ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।