एक वर्षमा २८ अर्बका १८ लाख स्मार्टफोन आयात

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

कठमाडौं : आर्थिक वर्ष २०८०/०८१ मा २८ अर्ब रुपैयाँ बराबरका १८ लाखभन्दा बढी स्मार्टफोन आयात भएको छ ।

एक वर्षको अवधिमा २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार रुपैयाँका १८ लाख ३९ हजार ३५ स्मार्टफोन आयात भएको हो ।  भन्सार विभागको तथ्यांकअनुसार यसबाट सरकारले पाँच अर्ब ३३ करोड ९३ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै, सेलुलर नेटवर्क र वायरलेस नेटवर्कका लागि १७ लाख ५८ हजार ६९० टेलिफोनहरू आयात भएको छ । १४ अर्ब २९ करोड ८५ हजार रुपैयाँ बराबरका यी फोनबाट सरकारले दुई अर्ब ६६ करोड ३८२ रुपैयाँ राजस्व संकलन गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्