एसिसी महिला एसिया कप: नेपाल पाकिस्तानसंग ९ विकेटले पराजित

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौँ – एसिसी महिला एसिया कप अन्र्तगत नेपाल पाकिस्तानसंग पराजित भएको छ। श्रीलंकामा आइतबार सम्पन्न खेलमा नेपाल पाकिस्तानसंग ९ विकेटबाट पराजित भएको हो ।

टस हारेर पहिला व्याटिङ गरेको नेपालले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर १०८ रन बनाएको थियो । जवाफमा पाकिस्तानले ११ दशमलब ५ ओभरमा १ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो ।

पाकिस्तानको यस प्रतियोगितामा यो पहिलो जित हो । पहिलो खेलमा पाकिस्तान भारतसंग पराजित भएको थियो । नेपालले पहिलो खेलमा युएईलाई हराएको थियो ।

सेमिफाइनलमा पुग्न अव नेपालले भारतसंग हुने अन्तिम खेलमा जित निकाल्नै पर्नेछ । पाकिस्तानले आफ्नो अन्तिमखेल युएईसंग खेल्नेछ । आइतबार सम्पन्न खेलमा भारतले युएईलाई हराएपछि लगातार दुई खेल जितेर सेमिफाइनल नजिक पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्