सिमलताल दुर्घटनाः बेपत्ता २५ जनाको शव फेला, एञ्जल बसका मालिक सहित १८ जनाको सनाखत

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं – चितवनको सिमलताल बस दुर्घटनामा परी त्रिशुली नदीमा बेपत्ता २५ जनाको शव फेला परेको छ । शनिबार सार्वजनिक रिपोर्टअनुसार २५ जनाको शव फेला परेको हो ।

शव फेला परेकामध्ये १८ जनाको सनाखत भएको छ । एन्जल बसका मालिकसहित १७ जनाको सनाखत भएको हो ।
असार २८ मा काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका हुन् ।

बसमा सवार अन्य यात्रु र दुवै बस बेपत्ता छन् ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्