
व्यास नगरपालिका ३ विपि बनबाटिका स्थित निर्माण कार्य सम्पन्नको चरणमा रहेको जिल्ला सभागृह हलको नाम सच्चाउन माग गर्दै तनहुँका १२ वटा दलले जिल्ला समन्वय समितिलाई बुधबार ज्ञापन पत्र बुझाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एमाले), नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका १२ वटा दलका प्रतिनिधिहरुले उक्त भवनको नाम सच्चाउन आग्रह गरेका हुन् ।
जिल्ला समन्वय समितिको २०७८ चैत ८ गतेको निर्णय र चैत ९ गते जिल्ला सभाहल को निर्णय नं ४ का अनुसार जिल्ला सभागृह तनहुँ नाम परिर्वतन गरी विपि सदन सभागृह दमौली राख्ने भनी गरिएको निर्णय सच्चाउन माग गर्दै ज्ञापन पत्र बुझाइएको नेकपा एमालेका उपाध्यक्ष हरिराज कडेलले बताए ।
ज्ञापन पत्र बुझदै समन्वय समितिका प्रमुख वाग्लेले नामको बिषयमा छलफल गर्न हामीहरु तयार छौ भन्दै सभाका सदस्यहरुबाट यसको प्रस्ताव आएमा सभामा छलपल गर्न सहज हुने धारणा रहेको बताएका छन् ।‘ त्यतिबेला जिल्लासभाले गरेको निर्णयलाई मैलै परिवर्तन गर्न नैतिक रुपमा अप्ठयारो हुन्छ । सभाका सदस्यमध्ये कोहीबाट प्रस्ताव आए यसमा छलपल गर्न सजिलो हुने ’ उनले बताए । दलहरु मिलेर सहमतिमै कुनै नाम ल्याउछन् भने आफुलाई आपती नरहेको उनले बताए ।