पत्रकार महासंघ तनहुँलाई वाटर प्युरिफायर

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली- तनहुँको व्यास नगरपालिका–३ सफासडकस्थित जिआर इलेक्ट्रोनिक्सले वार्षिकोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ तनहुँ शाखालाई वाटर प्युरिफायर सहयोग गरेको छ ।

इलेक्ट्रोनिक्सले छैटौ वार्षिकोत्सवको अवसरमा शाखालाई पानी शुद्धिकरणका लागि वाटर प्युरिफायर सहयोग गरेको हो ।

इलेक्ट्रोनिक्सका सञ्चालक गौरव खड्काले मङ्गलबार शाखा अध्यक्ष उज्वल पौडेललाई उक्त प्युरिफायर हस्तान्तरण गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत शाखालाई सहयोग गरेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्