
दमौली – नक्कली डाक्टर बनेर १२ वर्षकी एक बालिका बलात्कार गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमाइ देवघाट गाउँपालिका वडा नं २ बस्ने नन्दबहादुर थापाको छाेरा २२ वर्षीय ईश्वर थापा मगर रहेका छन् ।
मगरले घरमा काेही नभएको माैका पारी डर त्रास देखाएर पटकपटक जबर्जस्ती करणी गर्ने ती युवालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । देवघाट गाउँपालिका घर भएकि ती बालिकाकाे अभिभावकले दिएको जाहेरीकाे आधारमा ती युवालाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको बताइएको छ ।
प्रहरीले पक्राउ गरि अनुसन्धान थाल्दा उक्त युवा भादगाउँकाे नभइ देवघाट गाउँपालिका वडा नं २ बस्ने नन्दबहादुर थापाको छाेरा २२ वर्षीय ईश्वर थापा मगर भएको र उ डाक्टर नभइ बसको कन्डक्टर भएको खुलेको छ ।