सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

यो हालसम्मकै उच्च मूल्य हो । यसअघि गत शुक्रबार एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएर सुनको मुल्यले नयाँ रेकर्ड बनाएको थियो । यो रेकर्डलाई आजको मूल्यले ‘ब्रेक’ गरेको हो । आइतबारको तुलनामा सुनको मूल्य २०० रुपैयाँले बढेर कारोबार भएको हो ।

तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी प्रतितोला १० रुपैयाँ बढेर एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्