अर्जेन्टिनालाई कीर्तिमानी १६औँ कोपा अमेरिकाको उपाधि

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं – अतिरिक्त समयमा मैदान प्रवेश गरेका लौटारो मार्टिनेज निर्णायक बनेपछि फाइनलमा कोलम्बियालाई १–० ले हराउँदै अर्जेन्टिनाले लगातार दोस्रोपटक कोपा अमेरिकाको उपाधि जितेको छ ।

यो उपाधिसँगै अर्जेन्टिना कोपा अमेरिकाको इतिहासमा सबैभन्दा सफल टिम बनेको छ । अर्जेन्टिनाले १५औँ उपाधि जितेको उरुग्वेलाई पछि पारेको हो ।

सोमबार अमेरिकाको हार्ड रक रंगशालामा मार्टिनेजले ११२औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रतामा राखेका थिए । यही गोल निर्णायक बन्दा अर्जेन्टिना लगातार दोस्रोपटक च्याम्पियन बनेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्