सिमलताल बस दुर्घटना : थप चार शव फेला

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- सिमलताल बस दुर्घटनामा बेपत्ता भएकामध्ये थप चार जनाको शव भेटिएको छ । तर, उनीहरूको पहिचान हुन नसकेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

प्रशासनका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक नहरमा दुई, पश्चिम नवलपरासीको सुस्तामा एक र भरतपुर महानगरपालिका २६ सिसुवामा एउटा शव फेला परेको हो ।

यसअघि पाँचजना मृत अवस्थामा भेटिएका थिए । उनीहरूमध्ये गणपति बसका चारजना र एन्जल बसका एकजना यात्रु रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

जसमध्ये चितवनको माडीका २२ वर्षीय विकास रौनियार र भारतको बेतियाका ३० वर्षीय सजाद अन्सारी एन्जल बसमा सवार थिए । भारतकै २८ वर्षीय ऋषिपाल शाह, सर्लाहीको बरथहवाका १९ वर्षीय रमितकुशर माझी र भारतको चम्पारणका ३० वर्षीय जयप्रकाश ठाकुर गणपति बसमा सहवार थिए ।

आफन्तहरूको सहयोगमा उनीहरूको पहिचान गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्