नुहाउने क्रममा चुँदी खोलाले बगाएर बेपत्ता

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमाैली – तनहुँको भानु नगरपालिका–६ लेङ्गाबारीमा चुँदीखोलाले बगाएर आज एक जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सोही ठाउँ बस्ने ४० वर्षीय निमबहादुर मस्राङ्गी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएका उनको नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको सहयोगमा खोजी कार्य भइरहेको प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्