सन्दीप पाँच महिनाका लागि केन्द्रीय सम्झौताको ‘ए’ श्रेणीमा

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले स्पिनर सन्दीप लामिछानेलाई आगामी पाँच महिनाका लागि केन्द्रीय सम्झौताको ‘ए’ श्रेणीमा राख्ने निर्णय गरेको छ ।

क्यानको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि ३० राष्ट्रिय क्रिकेटरलाई केन्द्रीय सम्झौतामा समेटेको थियो । तर, त्यसबेला बलात्कार मुद्दाका कारण निलम्बित बनेका सन्दीप भने सम्झौताका अटाएका थिएनन् ।

सन्दीपलाई ‘ए’ श्रेणीमा राख्ने निर्णय गरेसँगै क्यान केन्द्रीय सम्झौताको शीर्ष श्रेणीमा खेलाडी संख्या सात पुगेको छ । यसअघि क्यानले कप्तान रोहितकुमार पौडेल, आसिफ सेख, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल गरी ६ जनालाई ‘ए’ श्रेणीमा राखेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्