नागढुंगा-नौबिसे सडक दुई रात बन्द हुने

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं : धादिङबाट काठमाडौँ आउने मुख्य राजमार्ग त्रिभुवन राजपथ (नागढुंगा-नौबिसे सडक खण्ड) दुई दिन रातको समयमा मात्रै बन्द हुने भएको छ ।

नौबिसे खोला पुलमा काम गर्न सहजीकरणका लागि १९ र २० असारका दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म यो सडक बन्द गर्न लागिएको धादिङ प्रहरीले जानकारी गराएको छ ।

यस समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक सबै सवारी साधनको आवागमन रोकिने छ । यस अवधिमा सबै चालकलाई लेन अनुशासन कायम राख्न, जथाभावी ओभरटेक नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।

काठमाडौँबाट नौबिसे निस्कन वा नौबिसेबाट काठमाडौँ आउन वैकल्पिक मार्गका रूपमा अहिले यात्रुले धार्के-सितापाइला सडक प्रयोग गर्न सक्छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्