
दमौली- छात्राबृत्तिमा अध्ययन गर्न चाहाने विद्यार्थीहरुलाई शुक्लागण्डकी नगरपालिकाले दरखास्त दिन आह्वान गरेको छ । मंगलबार एक सुचना जारी गर्दै कक्षा एघारमा भर्ना भई छात्राबृत्तिमा अध्ययन गर्न चाहाने विद्यार्थीलाई असार १९ गतेदेखि २८ गतेसम्म आबेदन दिन अनुरोध गरिएको हो ।
शुक्लागण्डकी नगरपालिका अन्तर्गत रहेको सामुदायिक र संस्थागत विद्यालयमा छात्रबृतिमा विद्यार्थीहरुले अध्ययन गर्न पाउने सुचनामा उल्लेख गरिएको छ ।
नगरपालिकाले कति संख्यामा विद्यार्थीलाई छात्रबृत्ति सहित अध्ययन गराउने उल्लेख भने गरेको छैन । दलित, बेपत्ता, शहिद परिवार, जनआन्दोलनका घाईते, मधेश आन्दोलनका घाईते परिवारका सदस्य, जनजाती, विपन्न, अपाङ्गता र जेहेन्दार कोटामा विद्यार्थीहरुले अध्ययन गर्न पाउने उल्लेख गरिएको छ ।
नगरपालिकाले छात्रा बृत्तिका लागि फाराम भरेका विद्यार्थीहरुलाई आगामी साउन ५ गते परिक्षा लिएर छनौट गर्ने जानकारी दिएको छ । परिक्षामा कक्षा १० को पाठ्यपुस्तकमा आधारित १०० वटा बहुबैकल्पिक प्रश्न सोधिने सुचनामा उल्लेख गरिएको छ ।