
दमौली- नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्लाका क्रियाशील सात पत्रकारलाई पुरस्कृत गरेको छ । महासङ्घले मंगलबार यहाँ आयोजना गरेको साधारणसभाका अवसरमा विभिन्न पत्रकारिता पुरस्कारबाट सात जना पत्रकार पुरस्कृत गरेको हो ।
सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार रामबहादुर घलेलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी रु पाँच हजार रहेको छ ।
प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानद्वारा स्थापित भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार कृष्ण न्यौपानेलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी रु दश हजार रहेको छ ।
मुक्तिनाथ खनालद्वारा स्थापित भवानी खनाल स्मृति पत्रकारिता पुरस्कारबाट ऋषिराम पोख्रेललाई प्रदान गरिएको छ । भाग्यशाला ढुङ्गानाद्वारा स्थापित टीकानीधि ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुस्कार मदन वाग्लेलाई प्रदान गरिएको छ ।
प्रदीप काफ्लेद्वारा स्थापित पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कार अन्जना तिमल्सेना, उत्तम र सुमन भट्टराईद्वारा स्थापित हरिभक्त भट्टराई स्मृति पत्रकारिता पुरस्कार राजीवलाल श्रेष्ठ र वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेद्वारा स्थापित चिरञ्जिवी हरिमाया स्मृति पत्रकारिता पुरस्कार सम्झना रसाइलीलाई प्रदान गरिएको छ ।
सबै पुरस्कारको राशी रु दश हजार रहेको छ । गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटाले वितरण गरेका थिए ।