नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन : श्रममन्त्री अर्याल

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मुलुकको समृद्धि निजी क्षेत्रको प्रयासबाट मात्रै हुनसक्ने दाबी गरेका छन् ।

सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै श्रममन्त्री अर्यालले मुलुकको समृद्धि नेताको भाषणबाट नहुने बताएका हुन् । “मुलुक समृद्ध बन्छ भने निजी क्षेत्रको प्रयासबाट मात्रै बन्छ । यो कुरामा दुई मत छैन । मुलुकका राजनीतिक पार्टीका नेताहरूले गरेको भाषणबाट देश समृद्ध बन्न सम्भव छैन,” उनले भने ।

उनले विदेशबाट स्वदेश फर्किएका नेपालीे फेरि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न सरकारले आवश्यक काम गर्नुपर्ने धारणा राखे ।

सरकारले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न आवश्यक रहेको बताए । वैदेशिक रोजगारीमा लैजाने भनेर ठग्ने र ठगिने दुवै नेपाली नागरिक भएकाले व्यवसायी र सरकार मिलेर ठगी रोक्न आवश्यक रहेको जिकिर गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्