६० किलो सुन तस्करीको थप अनुसन्धानमा २० जना पक्राउ

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ। हिजो (आइतबार) काठमाडौं जिल्ला सरकारी वकिलको कार्यलयमा सिआइबीले बुझाएको दोस्रो चरणको अनुसन्धान प्रतिवेदनबाट २० जना पक्राउ परेका छन् । सीआईबीका अनुसार पक्राउ पर्नेमा भारतीय र चिनियाँ पनि छन् ।

उनीहरूविरुद्ध २ अर्बभन्दा बढी बिगो माग गर्ने तयारी भइरहेको छ भने जिल्ला सरकारी वकिलको कार्यालयले भोलि (मंगलबार) जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ताको तयारी गरेको छ।

ब्रेक सुमार्फत भएको ६० केजी सुन तस्करीमा सीआईबीले कम्तीमा ४६ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गर्ने तयारी गरेको छ । तर, यीमध्ये २० जना पक्राउ पर्दा २६ जना अझै फरार छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्