कांग्रेस पदाधिकारी बैठक बस्दै, केपी ओलीसँग सभापतिकाे भेट मुख्य एजेन्डा

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।

दिउँसो ३ बजे बस्ने बैठकमा नेविसंघलगायत भ्रातृ संस्थाको म्याद सकिएको सन्दर्भमा नयाँ नेतृत्व चयनका विषयमा छलफल हुनेछ ।

बैठकमा सभापति देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको भेटवार्ता तथा समसामयिक विषयमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्