खोलामा करेन्ट लगाई माछा मार्ने चार जना पक्राउ

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमाैली- तनहुँको व्यास नगरपालिका–७ पातलस्थित मादी नदीमा करेन्ट लगाई माछा मार्ने चार जना आज पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा व्यास नगरपालिका–७ सत्रसय बस्ने २५ वर्षीय पदमबहादुर ठकुरी, ४० वर्षीय पूर्ण विक, ५० वर्षीय शेरबहादुर दुरा र लमजुङको मध्यनेपाल नगरपालिका–४ वाग्लेफाँट बस्ने ४० वर्षीय लिलबहादुर दुरा रहेका छन् ।

आइतवार बिहान ५ बजे करेन्ट प्रयोग गरी माछा मारिरहेको अवस्थामा निजहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपककुमार रायले जानकारी दिए ।

उनीहरुको साथवाट रातो रङगको ब्याट्री एक थान, करेन्ट प्रवाह गर्ने मोटर एक थान, प्लाईबक्स एक थान, तार सहितको टाँगा दुई र घोल्याङ एक थान सहित तीन किलो पाँच सय ग्राम माछा बरामद गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्