रास्वपामा विवादः रविले सोधे महामन्त्री मुकुल ढकाललाई स्पष्टिकरण

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र विवाद देखिन थालेको छ । महामन्त्री मुकुल ढकालले केहीदिन अघि देशदौडापछि तयार पारेको प्रतिवेदनको विषयलाई लिएर पार्टी भित्र विवाद सिर्जना भएको हो ।

यही विषयमा रहेर सभापति रवि लामिछानेले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेका छन् । सभापति रवि लामिछानेले ढकाललाई पार्टीको अनुशासन भंग गरेको भन्दै के कारणले यस्तो गरेको भनी शुक्रबार अपराह्न स्पष्टीकरण पत्र थमाएको बुझिएको छ ।

ढकालले भने आफूलाई लामिछानेबाहेक अरुले स्पष्टीकरण सोध्न नपाउने भन्दै त्यो पत्र खोलेर नपढ्ने जिकिर गरेका छन् ।
३८ जिल्ला घुमेर ढकालले तयार पारेको ३२ पाने प्रतिवेदनका कारण रास्वपाभित्र खैलाबैला उत्पन्न भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्