वर्षाका कारण रोकियो भारत र इंग्ल्यान्डबीचको खेल

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत भारत र इंग्ल्यान्डबीचको खेल वर्षाका कराण रोकिएको छ ।

बिहीबार गुयनामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले आठ ओभरमा दुई विकेट गुमाएर ६५ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो । टसअघि पनि नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि सुरु हुने तालिका रहेको खेल वर्षाका कारण मैदान ओसिलो हुँदा करिब एक घण्टा प्रभावित बनेको थियो ।

हाल भारतबाट क्रिजमा रहेका कप्तान रोहित शर्मा ३७ र सूर्यकुमार यादव १३ रनमा खेलिरहेका छन् । भारतले ओपनर विराट कोहलीलाई नौ र ऋषव पन्तलाई चार रनमा गुमाएको थियो ।

प्रतियोगितामा भारत सुपर–८ बाट समूह–१ को विजेता र इंग्ल्यान्ड समूह–२ को उपविजेताको रूपमा सेमिफाइनलमा आएका हुन् । आजको खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ ।

Global Ime bank
यसअघि दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा अफगानिस्तानविरुद्ध नौ विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्