रास्वपाबाट राजदूत बन्न १०० जनाको आवेदन

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भागमा परेको दुई जना राजदूतका लागि बुधबारसम्म करिब १०० जनाको आवेदन परेको छ । आवेदन बुझाउनका लागि पार्टीले शुक्रबारसम्मको समय दिएको छ ।

पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा.डा.अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले ‘राजदूत सिफारिस मापदण्ड २०८१’ तयार पारेको थियो ।

सोही मापदण्डका आधारमा गत असार १० गते सार्वजनिक सूचना जारी गर्दै राजदूतका लागि आवेदन माग गरिएको थियो ।

‘हालसम्म करिब १०० जनाको आवेदन आएको छ । शुक्रबारसम्म समय रहेकाले यो सङ्ख्या अझ बढ्न सक्छ,’ संयोजक खनालले भने, ‘त्यसैले शुक्रबारपछि मात्र आवेदनको छनोट प्रक्रिया अघि बढ्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्