आज स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- आईसीसी टी–२० विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ।

समूह चरणमै विश्वकपको यात्रा टुंग्याएको नेपाली टोलीको पहिलो समूह आज बिहान बिहान १ बजे नेपाल अवतरण गरेको हो भने अर्को समूह अहिले बिहान १० बजे अवतरण हुने तालिका छ।

अमेरिका लेग अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल, नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो भने श्रीलंककाविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो। त्यस पछि वेस्ट इन्डिज गएको नेपाल दक्षिण अफ्रिकासँग १ रन र बंगलादेश सँग २१ रनले पराजित भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्