सुनको मूल्य तीन दिनदेखि स्थिर, चाँदीको घट्यो

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- स्थानीय बजारमा सुन तीन दिनदेखि एउटै मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारदेखि छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो हप्ताको पहिलो दिन आइतबार भने छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ घटेर एक हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्