संसद् भवनको सुरक्षाका लागि खटिएका प्रहरी जवानले आफैंमाथि गोली हानेर गरे आत्महत्या

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- काठमाडौं नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले आफैँमाथि गोली हानी आत्महत्या गरेका छन् ।

आफैँले गोली हानी आत्महत्या गरेको काठमाडौं प्रहरीका एक अधिकारीले जानकारी दिए । प्रहरीको कार्यदलबाट खटिएका उनले आफैँमाथि गोली हानेको बताइएको छ । संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

सुरक्षामा खटिएका अजित गोलेले आज केहीबेरअघि आफैँमाथि गोली हानेको बताइएको छ । उनी शौचालयमा मृत अवस्थामा फेला परेको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्