
काठमाडौं- आईसीसी टी–२० विश्वकप क्रिकेटको मंगलबार खेलिएको खेलमा दुई पटकको च्याम्पियन वेस्ट इन्डिजले अफगानिस्तानमाथि १०४ रनको सजिलो जित हासिल गरेको छ । जितसँगै वेस्ट इन्डिज समूह ‘सी’ को विजेता बन्दै ‘सुपर–८’ चरणमा पुगेको छ ।
अफगानिस्तान भने समूह उप–विजेताका रुपमा ‘सुपर–८’ चरणमा प्रवेश गरेको छ ।
मंगलबार बिहान सम्पन्न यो खेलसँगै नवौँ विश्वकपमा समूहगत चरणको खेल पनि सकिएको छ । ‘सुपर–८’ चरणमा पुग्ने आठवटै टोलीको टुङ्गो लागिसकेको छ ।