व्यास नगरपालिकाको पुनः मतगणना स्थगित

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

पोखरा- पर्सि २ असारका लागि तय भएको व्यास नगरपालिकाको मेयरका लागि भएको निर्वाचनको पुनः मतगणना स्थगित भएको छ ।
मेयर वैकुण्ठ न्यौपानेले मतदान रोक्न दिएको रिटअनुसार मतदान स्थगित गरिएको उच्च अदालत, पोखराका सहरजिस्ट्रार विश्व पौडेलले जानकारी दिए ।

मेयरका प्रत्यासी दीपकराज जोशीको रिटमा उच्च अदालत, पोखराले असार २ गते व्यासको पुनः मतगणना गर्ने आदेश गरेको थियो । त्यसविरुद्ध मेयर न्यौपानेले सर्वाेच्च गए ।

उनको रिट सर्वाेच्चमा हेर्न नभ्याइनेमा परेपछि मेयर न्याैपानेले पुन:मतदान रोक्न माग गर्दै उच्च अदालत पोखरामै निवेदन दिएका थिए । उच्चले यसको निर्णय गर्ने अधिकार रजिस्ट्रारलाई रियो, जसले पुनः मतदान रोक्ने निर्णय गरेको सहरजिस्ट्रार अर्यालले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्