भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी बन्दीपुरका गुरुङ पक्राउ

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली- भ्रष्टाचार मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका -६ का नरबहादुर गुरुङ रहेका छन् ।

जिल्ला अदालतले गुरुङलाई विसं २०७९ चैत ३ गतेकाे फैसला अनुसार रु पाँच लाख ४८ हजार एक सय ९१ जरिवानाको कैद सजाय सुनाएको थियो ।

पक्राउ परेका उनलाई शुक्रबार अदालतमा बुझाइएकाे प्रहरीले जनाएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्