अम्रेनी दुर्घटना: कैनी परिवारलाई ईन्सुरेन्ससहित ३० लाख र एक जनालाई रोजगार दिने

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

तनहुँ- तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा गत सोमबार चिनियाँ कम्पनीको पानी ट्याङ्करले व्याक गर्ने क्रममा च्यापिएर मृत्यु भएका युवाको परिवारलाई रु २५ लाख राहत दिने सहमति भएको छ ।

व्यास नगरपालिका–१२ कमलाबारी निवासी २९ वर्षीय प्रविण कैनीको परिवारलाई रु २५ लाख राहत दिने सहमति भएको हो । पीडित परिवारले बीमा बापतको रु पॉच लाख छुट्टै पाउनेछ । कैनी व्यास नगरपालिकामा इन्जिनियर थिए ।

घाँसीकुवाबाट दमौलीतर्फ आउँदै गरेको मुग्लिन पोखरा सडक निर्माण गरिरहेको चिनियाँ कम्पनीको ट्याङ्करले सोही दिशाबाट आउँदै गरेको मोटरसाइकललाई व्याक गरेर ठक्कर दिँदा कैनीको घटनास्थलमै मृत्यु भएको थियो । सोही दिनदेखि पीडित परिवार आन्दोलित थिए ।

जिल्ला प्रशासन कार्यालय तनहुँमा आज बसेको दुवै पक्षको बैठकले राहतका विषयमा सहमति गरेको हो । त्यस्तै पीडित परिवारका एक जनालाई आयोजनामा रोजगारी दिने सहमति भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्