जाजरकोटमा भूकम्पको धक्का

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- जाजरकोटमा भूकम्प गएको छ । आज बिहान ७ः३८ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर यसअघि गएको भूकम्पयता उक्त क्षेत्रमा परकम्प जानेक्रम रोकिएको छैन । अझै पनि उक्त क्षेत्र तथा जिल्लामा परकम्प गइरहेको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त क्षेत्रमा हालसम्म ६ सय बढी परकम्प गइसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्