उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ ७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलवार राति चीनको सिचुवान प्रान्तको भ्रमणमा प्रस्थान गरेका छन् ।

मंगलवारदेखि ५ दिनसम्मको भ्रमणका लागि राति ११ः२० बजेको उडानमार्फत उनी चीन गएका हुन् ।

प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ लगायतको सहभागिता छ ।

उनलाई विदाई गर्न आइजिपीद्धय धिरज प्रताप सिंह, राजु अर्याललगायतका व्यक्तहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । शनिवार नै छेन्दु फर्किएर आइतवार बिहानको उडानमार्फत उनी स्वदेश फर्कनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्