गण्डकीका मुख्यमन्त्री अधिकारी बर्खास्त, पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी बर्खास्त भएका छन् । सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीलाई पदमुक्त भएको फैसला सुनाएको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यस्तो फैसला गरेको हो ।

अधिकारी मुख्यमन्त्रीमा २०८० चैत २५ गते नियुक्त भएका थिए । उनी मुख्यमन्त्री नियुक्त भएको ५० दिनमै पदमुक्त भएका हुन् । साथै प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । पाण्डेलाई ४८ घण्टाभित्रै मुख्यमन्त्री नियुक्त गर्न आदेश दिइएको बताइन्छ ।

गण्डकी प्रदेश सभा ६० सदस्यीय छ । संविधानअनुसार बहुमत कायम हुन ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्दछ । तर सभामुख कृष्णप्रसाद धितालले ३० जनाको समर्थनमै मुख्यमन्त्री खगराजले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

सभामुख प्रयोग भएर खगराजलाई विश्वासको मत दिलाएपछि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सर्वोच्च गएका थिए ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र सुनील पोखरेलको इजलासले खगराजलाई पदमुक्त गर्दै ठूलो दलको हैसियतमा सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्