
तनहुँ- तनहुँको बन्दीपुर गाउँपालिका–२, बट्टारस्थित सुलेरहमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बन्दीपुर गाउँपािलका–६ बागे बस्ने २० वर्षीय विनोद गुरुङ र सोही वडाको तिलाहार बस्ने २० वर्षीय हिरा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उनिहरुलाइ बन्दीपुर अस्पतालमा उपचारको लागी लगिएकोमा बाटोमा नै मृत्यु भएको थियो ।
शव पोस्टमार्टमका लागि दमौली अस्पताल लगिएको छ ।