सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। सुनको मूल्य आज हालसम्मकै उच्च भएको हो।

आज छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले बढेर एक लाख ४० हजार रुपैयाँ पुगेको छ । हिजो एक लाख ३८ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ भने आज चाँदी प्रतितोला ६० रुपैयाँले बढेर एक हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्