जंगलमा आगो लगाउने पौडेल पक्राउ

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

पोखरा- जंगलमा आगो लगाएकाे आराेपमा एक जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३ का ३९ वर्षीय अगन्धर पौडेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माका अनुसार पौडेलले वैशाख २१ गते अन्नपूर्ण गापा वडा नं. ३ मराम्चेस्थित मराम्चे सामुदायिक वनमा आगो लगाएका थिए ।

विशेष सूचनाका आधारमा पौडेललाई सोही दिन नियन्त्रणमा लिइएको डीएसपी शर्माले जानकारी दिए ।पौडेलले आफ्नो खरबारीमा आगो लगाएको र सो आगो अनियन्त्रित भएर जंगलमा लागेको डीएसपी शर्माले बताए ।

उक्त आगो वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोली र स्थानीयले पनि नियन्त्रणमा लिन सकेको थिएन । पौडेललाई आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय बगरमा पठाइएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्