पाैडेल वंश महासंघ नेपाल व्यास नगरको अध्यक्षमा ईश्वर पाैडेल निर्वाचित

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

तनहुँ- पाैडेल वंश महासंघ नेपाल तनहुँ व्यास नगर अध्यक्षमा ईश्वर पाैडेल निर्वाचित भएका छन् । शनिवार जिल्ला समन्वय समिति तनहुँकाे सभाहलमा भएकाे प्रथम अधिवेशनले पाैडेलकाे अध्यक्षतामा १५ सदस्यीय नगर कार्यसमिति गठन गरेकाे हाे ।

नगर समिति उपाध्यक्षमा तारापति पाैडेल, सचिवमा रामदत्त पाैडेल, काेषाध्यक्षमा पुजा पाैडेल सर्वसम्मत चयन रूपमा चयन भएकाे निर्वाचन संयाेजक नारायणदत्त पाैडेलले जानकारी दिए ।

त्यस्तै सदस्यमा नविनराज पाैडेल, यज्ञप्रसाद पाैडेल, भरत प्रसाद पाैडेल, नवराज पाैडेल, झलकराज पाैडेल, ज्ञान शंकर पाैडेल,रामविलास पाैडेल, भवानी प्रसाद पाैडेल, धुर्वकान्त पाैडेल र कृष्णबहादुर पाैडेल चयन भएका छन् ।

उक्त अधिवेशनकाे पाैडेल वंश महासंघ नेपाल गण्डकी प्रदेश अध्यक्ष रामजी पाैडेलले उद्घाटन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्