देशभरका अशक्त र गरिब नागरिकलाई काठमाडौँ महानगरमार्फत निःशुल्क उपचार सेवा

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौँ- देशभरका अशक्त र गरिब नागरिकलाई काठमाडौँ महानगरपालिकाले निःशुल्क उपचारको सेवा प्रदान गर्ने भएको छ ।
महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशभरका अशक्त र गरिब नागरिकलाई महानगरले निः शुल्क सेवा प्रदान गर्ने बताएका हुन् ।

मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीले आफ्नो पालिकाबाट विपन्न,असहायको सिफारिस लिएर काठमाण्डौ महानगर आउन अनुरोध गरेका हुन् ।

महानगर भित्रका ४३ अस्पतालमा तीन सय २३ शैया निःशुल्क उपचारको लागि उपलब्ध रहेको जानकारी गराउँदै उनले बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्