
तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका -४ स्थित पृथ्वी राजमार्गवाट अवैध लागू औषध तीन किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका-६ रानी पौवाका बर्ष २७ ईन्द्र लामा रहेको तनहुँ प्रहरीले जनाएको छ ।
सवारी साधनहरु चेकजाँच गर्ने क्रममा मुग्लिङतर्फ बाट आँबुखैरेनी आउदै गरेको यात्रुबाहक बसमा सवार लामालाई खानतलासी गर्दा कालो झोला भित्र प्लाष्टिक बोरामा लुकाई छिपाई ल्याएको अवस्थामा तीन किलो गाँजा बरामद गरिएको छ ।
उनीहरुमाथि अदालतमा मुद्धा दायर भइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।