सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको स्थिर रहेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ३९ हजार ३०० रुपैयाँ तेजाबी सुन १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार गत शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसै गरी आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर तोलाको १७ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

गत शुक्रबार चाँदीको प्रतितोला १७ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्